सुदूरपश्चिममा नागरिक उन्मुक्तिले सत्ता गठबन्धनलाई समर्थन गर्ने, सरकारमा नजाने

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले सत्ता गठबन्धनलाई समर्थन गर्ने, सरकारमा नजाने


नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि गठबन्धनलाई समर्थन गर्ने भएको छ ।

नागरिक उन्मुक्तिले समर्थन गरे पनि सरकारमा नजाने निर्णयमा पुगेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठका स्वकीयसचिव जिबस यादवले जानकारी दिए । सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति निर्णायक बनेकोले उन्मुक्तिले समर्थन गर्ने भएपछि एमालेको नेतृत्वको मुख्यमन्त्री बनाउन सहज हुने भएको छ । प्रदेशमा पनि समर्थन गर्ने निर्णय गरेसंगै नेकपा एमालेबाट मुख्यमन्त्रीका दावेदार राजेन्द्र रावललाई पदमा दाबी गर्न सहज भएको छ । उन्मुक्तिले सरकारमा भने नजाने निर्णय गरेको पार्टीले जनाएको छ ।

सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले दुई वा दुई भन्दा बढि दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई पुस २७ गते बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न २७ जनाको समर्थन चाहिन्छ । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसद गरेर गठबन्धनको पक्षमा २९ जना छन् । सबैभन्दा ठूलो नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र एक जना स्वतन्त्र सांसद छन् ।

Logo