ओलीले भने- कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया हाल्यो, धन्यवाद दिन चाहन्छु

ओलीले भने- कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया हाल्यो, धन्यवाद दिन चाहन्छु


नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकारलाई विश्वासको मत लिने कांग्रेसको निर्णयको स्वागत गर्दै धन्यवाद दिएका छन् । 

प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयको स्वागत गर्दै धन्यवाद दिएका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय इतिहासमा नयाँ भाष्य निर्माण गरेकाे र त्याे इतिहासमा छलफल हुने बताए ।

‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेर कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया दिएको छ,’ उनले भने, ‘कांग्रेसले प्रचण्डलाई दुई वर्षपछि त विश्वासको मत दिन्छु भनेकै थियो । अहिले दुई वर्षअघि दिँदा के नै बिग्रिन्छ र । म कांग्रेसलाई धन्यवाद दिन चाहन्छु ।’ 

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने भन्ने कुरा नै नउठ्ने अध्यक्ष ओलीको भनाइ छ । साेही कारण प्रधानमन्त्रीले मागेकाे विश्वासकाे मतकाे प्रस्तावमा एमालेकाे पनि समर्थन रहने जनाए ।

Logo