#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व636617637743734492903598
नेपाल181181582221

पारस खड्काले पनि टि टेन खेल्ने, पारिश्रमिक १० हजार डलर

फाइल तस्वीरः नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन पारस खडका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार संग संक्षिप्त कुरा गर्दै ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट हालै राजीनामा दिएका पारस खड्काले संयुक्त अबर इमिरेट्स (यूएई) मा आयोजना हुने टि टेन लिग खेल्ने भएका छन् । अर्को महिना यूयईमा आयोजना हुने खेलमा अबुधाबी टिमबाट पारसले खेल्ने भएको हो ।

पारसलाई अवुधावी टिमले १० हजार अमेरिकी डलरमा अनुबन्धित गरेको हो । टि टेनका लागि गत साता नै ड्राफ्ट सम्पन्न भए पनि पारसको नाम भने हालै सार्वजनिक भएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अर्को खेलाडी सन्दीप लामिछाने यसअघि नै टि टने लिगका लागि छनौट भइसकेका छन् । उनले कर्नाटक टस्कर्सबाट टि टेन लिग खेल्नेछन् । ए क्याटगरीमा परेर छनोट भएका सन्दीपले ४५ हजार अमेरिकी डलर पाउनेछन् ।

टि टेन नोभेम्बर १५ देखि २४ सम्म युएईमा सञ्चालन हुँदै छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार