ओलीलाई लक्षित गर्दै माधव नेपालले भनेः यो गिरिजाको समयको नेपाल होइन

ओलीलाई लक्षित गर्दै माधव नेपालले भनेः यो गिरिजाको समयको नेपाल होइन


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै संसद विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न नमिल्ने बताएका छन् । 

अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन प्रतिगामी थियो भन्ने महशुस अध्यक्ष ओलीले गरेकाे होला भन्ने सोचेपनि अझै आत्मलोचना हुन नसकेको बताएका हुन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन गर्न पाइन्छ भनिरहेको भन्दै आपत्ति जनाए । उनले प्रतिनिधि सभा विघटन गर्न नपाउने भन्दै सरकारलाई प्रतिनिधि सभा विघटन गर्नेकुरामा नलाग्न सचेत गराए । 

अध्यक्ष ओलीप्रति लक्षित गर्दै विदेशको कुरा ल्याएर संसदमा नअल्झाउन आग्रह गरे । 

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि विश्वासको मत दिने भनिसकेपछि आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले अहिले आफूले आशा गरेकै व्यक्ति प्रधानमन्त्री भएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको जिकिर गरे  ।

Logo