सभामुखको निर्वाचन ५ माघमा

सभामुखको निर्वाचन ५ माघमा


प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन ५ माघमा हुने भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आउँदो माघ ५ गते बिहीबार सभामुख पदको निर्वाचन हुने जानकारी दिएका हुन् । यसका लागि ३ माघमा सभामुख पदको निर्वाचन सूचना प्रकाशित गर्न संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई उनले निर्देशन पनि दिएका छन् ।

साथै ५ माघ बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेगरी स्थगित गरिएको छ । 

प्रतिनिधिसभामा मंगलवार भएको मतदानबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा २६८ जनाले मतदान गरेका छन् भने विपक्षमा २ मत मात्रै खसेको छ ।

Logo