काँग्रेस प्रमुख प्रतिपक्षको भुमिकामा सुरक्षित छः उपसभापति खड्का

काँग्रेस प्रमुख प्रतिपक्षको भुमिकामा सुरक्षित छः उपसभापति खड्का


नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले अहिलेको परिस्थितिको मूल्यांकन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताएका छन् । 

मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन् । उनले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि परिस्थितिको मूल्यांकन गरेर नै सरकारको समर्थन गरेको र अहिले पनि विशेष परिस्थिति रहेका कारण सरकारको समर्थन गरेको बताए । 

उपसभापति खड्काले नेपाली काँग्रेस प्रमुख प्रतिपक्षको भुमिकामा सुरक्षित रहेको पनि बताए । 

Logo