बेकोका उत्पादनमा शतप्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिस ग्यारेन्टी

बेकोका उत्पादनमा शतप्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिस ग्यारेन्टी


चौधरी ग्रुपले गत वर्षदेखि नेपाली बजारमा बिक्री बितरण गर्दै आईरहेको यूरोपको ट्प होम अप्लायन्सस ब्रान्ड बेकोका उत्पादनहरुको खरिद गरी आफ्ना ग्राहकहरुलाई ढुक्क हुन आह्वान गरेको छ। 

चौधरी ग्रुपद्वारा बितरित बेकोका सम्पूर्ण उत्पादनहरुमा शत प्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिइएको छ। कम्पनीले नेपाल अधिराज्यभरिका आफ्ना ४०+ वटा सर्भिस सेन्टरहरुबाट यो सेवा निरन्तर रुपमा दिईरहेको छ। बेकोका उत्पादनहरुमा १२ बर्ष सम्मको पार्ट्स वारेन्टी रहेको छ।

र हालै कम्पनीले यो जाडो मौसमलाई लक्षित गर्दै 'वेलकम विन्टर' नामक योजना पनि नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले बेको ब्राण्डका जाडो मौसममा प्रयोग हुने समानहरुको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने छ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ के.जी. को सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईन्छ। साथै एअर कन्डिसनर को खरिदमा रु.४,००० बराबरको फ्री इन्स्ट्लेसन पाईन्छ।

उक्त योजना सिमित अवधिका लागि लागू गरिएको छ । बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपले सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।

Skip This
Logo