जसपा विधान अधिवेशनको तयारीमा जुट्यो, अभिलेख संकलन गर्न जिम्मेवारी बाँडफाँड

जसपा विधान अधिवेशनको तयारीमा जुट्यो, अभिलेख संकलन गर्न जिम्मेवारी बाँडफाँड


जनता समाजवादी पार्टी (जसपा) विधान अधिवेशनको तयारीमा जुटेको छ ।

आगामी चैत्रभित्र विधान अधिवेशन गर्ने तयारीका साथ अभिलेख संकलन गर्न जिम्मेवारी तोकिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। विभागले सदस्यहरुलाई जिम्मेवारी तोकेरै काम अगाडि बढाएको छ।

उनका अनुसार जसपा नेपालको संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने भएको हो । जसपाले मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभामा १२ सिट ल्याएको छ।

विभागले गरेको जिम्मेवारी बाँडफाँट यस्तो छः

प्रदेश नं १ – खगेन्द्र माखिम
मधेश प्रदेश – कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय र भरतबहादुर खड्का
बागमती प्रदेश – विद्युत बज्राचार्य
गण्डकी प्रदेश – धनप्रसाद तामाङ
लुम्बिनी प्रदेश –अशोक कुमार यादव, मञ्जु अन्सारी, बोम दर्लामी मगर 
राष्टिय समितिहरु – लाक्पा शेर्पा, खगेन्द्र माखिम, बोम दर्लामी
जनवर्गीय संगठनहरु – रञ्जु ठाकुर, भीम राई र अशेश्वर यादव
गैर भौगोलिक – चन्देश्वर प्रसाद सिंह र मञ्जु अन्सारी 
प्रवास विशेष प्रदेश समिति – रामसहायप्रसाद यादव

Logo