आलोपालो भागबण्डामा कर्णालीकाे मुख्यमन्त्रीः पहिलो चरणमा शर्मा र दोस्रोमा कंडेल

आलोपालो भागबण्डामा कर्णालीकाे मुख्यमन्त्रीः पहिलो चरणमा शर्मा र दोस्रोमा कंडेल


प्रदेश प्रमुख सामु कर्णालीकाे मुख्यमन्त्रीमा दाबी पेश गर्न केही समयमात्रै बाँकी रहँदा माओवादी केन्द्र र नेकपा एमालेबीच सहमति भएको छ । केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भए पनि कर्णालीमा उक्त सहमति उल्टिएको हो ।

अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई वर्षका लागि मुख्यमन्त्री बन्नेछन भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् । अन्ततः झण्डै सात वर्षपछि नेता कंडेलको मुख्यमन्त्री बन्ने सपना पुरा हुने निश्चित भएको हो । 

यो सहमतिसँगै दुवै दलका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा लागेका छन् । आजको केही समयभित्र  प्रदेश प्रमुख सामु शर्माले मुख्यमन्त्रीको दाबी पेश गर्ने छन् ।

Logo