नेपाल र म्यान्माको खेल बराबरीमा

काठमाडौं,

नेपाली २३ वर्षमुनि (यु–२३) राष्ट्रिय फुटबल टोली र म्यान्मावीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुंगिएको छ । नेपालमा आयोजना हुने १३ औंँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीमा रहेको नेपाली टोलीले म्यानमालाई हराउने उद्देश्यका साथ मैदानमा उत्रिएको भएपनि आफ्नो अग्रतालाई बचाउन नसक्दा बराबरीमा नतिजा टुंग्याएको हो । खेल कतारस्थित दोहा रङ्गशालामा राति ९ः१५ बजे शुरु भएको थियो ।

खेलमा पहिलो हाफको दोस्रो मिनेटमै अनन्त तामाङको गोलमार्फत अग्रता पाएको नेपालले पहिलो हाफको नियमित समय सकिन ५ मिनेट बाँकी रहेका बेला नेपालले गोल खान पुग्यो ।

४०‌‌ औँ मिनेटमा म्यानमारले खेलमा बराबरी गर्न सफल भयो । तर खेलको ६० औ मिनेटमा नेपालले फेरि अग्रता बनायो । नेपालका लागि रेजिन सुब्बाले गोल गरे । तर लगत्तै म्यानमारले गोल फर्कायो । जसका कारण खेल २–२ को बराबरी भयो ।