प्रधानमन्त्री प्रचण्डलाई भेट्न बागमतीका मुख्यमन्त्री जम्मकट्टेल बालुवाटारमा

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बागमतीका मुख्यमन्त्री जम्मकट्टेल बालुवाटारमा


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री जम्मकट्टेल बिहिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री जम्मकट्टेलबीच बधाई साटासाट भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। उनीहरूबीच बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको थियो। मंगलबार बिहान मुख्यमन्त्रीको रूपमा जम्मकट्टेलले शपथ लिएर पदभार ग्रहण गरेका थिए।

Logo