फेरिए सातै प्रदेशका प्रहरी प्रमुख, काे-कहाँ पुगे ? [सूचीसहित]

फेरिए सातै प्रदेशका प्रहरी प्रमुख, काे-कहाँ पुगे ? [सूचीसहित]


नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरूवा भएको छ। बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालले १७ जना डीआईजीको काज सरूवा गरेको हो। 

कार्यालयले गरेको काज सरुवाको पत्राचारअनुसार डीआईजी बसन्तबहादुर कुँवरलाई मधेश प्रदेश प्रहरी कार्यालय, पोषराज पोख्रेललाई प्रहरी महानिरीक्षकको सचिवालय, भीमप्रसाद ढकाल कर्णाली प्रदेश कार्यालय, दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा गरिँदा मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा ल्याइएको छ । 

अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, बुद्धिराज गुरुङ गण्डकी प्रदेश प्रमुख कार्यालय, श्यामलाल ज्ञवाली प्रदेश १ प्रहरी कार्यालय विराटनगर, किरण राणा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सुदीप गिरी विशेष ब्युरोमा सरुवा गरिएको छ  ।

रवि लामिछाने गृहमन्त्री बनेपछि प्रहरी उच्च अधिकारीको सरुवा भएको यो पहिलोपटक हो । आजै मात्र उनले चितवनमा पुगेर नेपाल प्रहरी संगठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्नका निमित्त आफूले योजना बनाइरहेको पनि बताएका थिए । 

हेर्नुहोस्, पत्रः

322031509_949023572735792_5318027400483187658_n

Logo