Kendrabindu Top 5: ग्याँस पाइपलाइनको शिलान्यासदेखि गगन थापाको गर्जनसम्म (भिडियो)

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

मोतिहारी–चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज–चितवन पेट्रेलियम पाइपलाइन परियोजना निर्माणको शिल्यान्यास गरिएको छ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले काम नगर्ने ठेकेदारलाई कारवाही गर्न माग गरेका छन् ।

ग्लोबल आईएमई बैक र जनता बैक नेपाल मर्जर भएका छन् । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ठूला मिठाई पसलबाट उत्पादन भएका मिठाइजन्य खाद्यवस्तु गुणस्तहीन पाइएका छन् । स्थानीयले चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिका भित्र रहेका सबै इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै शुक्रबार चन्द्रागिरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन्।

Kendrabindu Top 5: ग्याँस पाइपलाइनको शिलान्यासदेखि गगन थापाको गर्जनसम्म (भिडियो)