नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित


नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ । शुक्रवार बैंकको ३८ औं वार्षिक साधारण सभा संचालक समितिको प्रश्तावित लाभांश पारित गरेका ३० प्रतिशत लाभांश पारित गरेको हो ।

बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रश्ताव गरेको थियो । समीक्षा वर्षको मुनाफाबाट प्रश्तावित बोनस शेयर पश्चात बैंकको चुक्ता पुँजी यसवर्ष २७ अर्ब नाघेको छ । 

साधरणसभाले संस्थापक शेयरधनी समूह तर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिवलाई सञ्चालक निर्वाचित गरेको छ । नबिल बैंक आ.व. २०७८/०७९ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा हासिल गर्न सफल भएको थियो ।

Logo