ओलीवादले मुलुकको कम्युनिष्ट आन्दोलन नै अप्ठ्यारोमा -घनश्याम भुसाल

ओलीवादले मुलुकको कम्युनिष्ट आन्दोलन नै अप्ठ्यारोमा -घनश्याम भुसाल


माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता घनश्याम भुसालले ओलीवाद हावी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको दावी गरेका छन् । 

एमाले परित्याग गरेको केही समयपछि शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बीच सो पार्टी प्रवेश गरेका  नेता भुसालले ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हावी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको बताएका हुन् । उनले ओलीले राज्य र पार्टीलाई आफ्नो नोकर ठान्ने सिद्धान्त लिएको, सर्वत्र मै हुँ भन्ने विचार लिएको तथा सौराहा काण्डलाई नै संगठन ठान्ने नीति लिएको समेत दोहो-याए । आफूले यसो भन्दै आएको र यसमा कसैले पनि बहस गर्न नसेकेको उनको भनाई थियो । 

नेता भुसालले निर्वाचनमा आफूलाई ओलीले उम्मेदवार नबनाउने कुरा थाहा भएको उल्लेख गर्दै आफ्नो निर्वाचन क्षेत्रमा मण्डलले दिपक बोहोरालाई उम्मेदवार बनाएपछि सो पार्टी परित्याग गर्नु परेको स्पष्टिकरण समेत दिए । 

आफू अहिले पनि नेकपाकै सदस्य भएको र यसको वैभवलाई एक ठाउँमा ल्याउने काम नेकपा (एकीकृत समाजवादी)ले मात्रै गर्न सक्ने भएकाले सो पार्टीमा प्रवेश गरेको नेता भुसालले तर्कसमेत गरे । उनले जनताको बहुदलीय जनवादबारे एकलाईन पनि लेख्न सक्ने क्षमता एमालेका नेताहरुसँग नरहेको जिकीर समेत गरे । 

नेता भुसालले जनताको बहुदलीय जनवादको ब्याज खाएर हिँड्ने बाहेक एमालेका नेताहरुले केही पनि गर्न नसकेको समेत दोहो-याए । 

Logo