माघे सङ्क्रान्तिमा बन्दीपुरमा पनि गोरु जुधाइने

माघे सङ्क्रान्तिमा बन्दीपुरमा पनि गोरु जुधाइने


माघे सङ्क्रान्ति पर्वको अवसरमा तनहुँको बन्दीपुरमा गोरु जुधाइने भएको छ ।

बन्दीपुर गाउँपालिका–२ कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता गर्न लागिएको हो । नारायण–गोपाल युवा क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको अध्यक्ष उज्वल गुरुङले जानकारी दिए । क्लबले प्रत्येक वर्ष माघेसङ्क्रान्तिमा गोरु जुधाई प्रतियोगिता गर्दै आएको छ ।प्रतियोगिताका लागि स्थानीयवासीले नै पालेको गोरु सहभागी गराउनुपर्नेछ ।

प्रतियोगितामा पहिलो हुने गोरुका धनीले नगद १५ हजार र दोस्रो हुनेले सात हजार पुरस्कार पाउनेछन् । सोही अवसरमा क्लबले आमा समूहका लागि डोरी तान्ने प्रतियोगिता, पुरुषका लागि बाँसको लिङ्गोबाट भाले टिपाइ प्रतियोगिता र खुलातर्फ घैँटो फुटाइ प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । 

Logo