एकीकृत समाजवादीका अध्यक्ष नेपाल र कांग्रेस नेता पौडेलबीच भेटवार्ता

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र कांग्रेस नेता पौडेलबीच भेटवार्ता


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

शनिबार नेता नेपाललाई भेट्न पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका थिए । भेटमा दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा करिब एक घण्टा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । पौडेलका स्वकीय सचिव चिरन्जिवी अधिकारीले नेता पौडेल र नेपालबीच भेटवार्ता भएको बताए । ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे भेटघाट भएको हो । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको विषयदेखि सभामुख र राष्ट्रपति निर्वाचन लगायत विषयमा छलफल भयो,’ उनले भने ।

कांग्रेस नेताहरुले राष्ट्रपति चुनावलाई लक्षित गर्दै राजनीतिक भेटघाट बढाएका छन् । राष्ट्रपति चुनावलाई लक्षित गरेर प्रधामन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएको पनि नेताहरुले खुलाएका छन् । एकीकृत समाजवादीसँग पनि प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति निर्वाचनको विषयमा नेता पौडेलले छलफल गरेको हुन सक्ने नेताहरुले बताएका छन् ।

Logo