सिपाघाट फुटबल कप ०७६ को उपाधी झम्सिखेल युवा क्लबलाई

काभ्रे,

प्रथम सिपाघाट फुटबल कप ०७६ को उपाधी झम्सिखेल युवा क्लबले जितेको छ । आइतबार भएको फाइनल खेलमा सिपाघाट फुटबल क्लब ए लाई ३-० ले पराजित गरेसँगै झम्सिखेल युवा क्लब प्रथम हुन सफल भएको हो । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं ६ सिपाघाटमा प्रथम सिपाघाट फुटबल प्रतियोगिता भएको हो ।

सिपाघाट फुटबल क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगिता नगरपालिकाकै पहिलो र ठूलो खेल हो । यसमा २८ वटा टिमहरुको सहभागिता रहेको थियो । गएको कार्तिक १ गते शुरु भएको खेलको आइतबार फाइनल भएको थियो ।

खेलमा प्रथम हुने टिमलाई नगद ५५ हजार , दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार नगद राशीको पुरस्कार तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।