सबैं वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकले कति दिए ?

सबैं वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकले कति दिए ?


२६ वटा वाणिज्य बैंकहरुरुमध्ये २२ वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०७८-८९ को लाभांश घोषण गरिसकेका छन् । बाँकी रहेका ४ वटा वाणिज्य बैंकले भने यसपटक लाभांश दिएनन् । 

जसमध्ये सबैभन्दा धरै लाभांश नविल बैंकले दिएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिएको हो । 
कुन बैंकको लाभांश कति ?

नविल बैंक 
यस वर्ष सबैभन्दा धेरै लाभांश नविल बैंकले दिने भएको छ । बैंकले ११ दशमलव ५० प्रतिशत बोनस सेयर र १८ दशमलव ५० प्रतिशत नगद लाभांश सहित कुल ३० प्रतिशत लाभांश दिने भएको हो ।  

बैंक अफ काठमाण्डू 
दोस्रो ठुलो लाभांश बैंक अफ काठमाण्डूका शेयरधनीले प्राप्त गरेका छन् । ग्लोबल आइएमई बैंक सँग मर्ज भएको बैंक अफ काठमाण्डूले यस वर्ष ६ प्रतिशत बोनस सेयर र १४ दशमलव ९५ प्रतिशत नगद लाभांश सहित २० दशमलव ९५ प्रतिशत लाभांश दिएको छ । अव बैंक अफ काठमाण्डूका सेयरधनी ग्लोबल आइएमई बैंकको सेयरधनी भएका छन् ।

एभरेष्ट बैंक 
एभरेष्ट बैंक लिमिटेडले पनि आफ्ना सेयरधनीहरुलाई नगद लाभांश र बोनस सेयर सहित कुल २० दशमलव ६८ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले १३ प्रतिशत बोनस सेयर र ७ दशमलव ६८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। 

हिमालयन बैंक 
हिमालयन बैंकले आफ्ना सेयरधनीहरुलाई कूल १९ दशमलव ११ प्रतिशत लाभांश वितरण गर्नेछ । बैंकले ८ प्रतिशत बोनस सेयर र ११ दशमलव ११ प्रतिशत नगद लाभांश दिने भएको हो ।  

स्ट्याण्डर्ड चार्टर्ड बैंक 
स्ट्याण्डर्ड चार्टर्ड बैंकले कूल १९ दशमलव ११ प्रतिशत लाभांश वितरण गर्नेछ । बैंकले आफ्ना सेयरधनीहरुलाई बोनस सेयर दिने भएको हो । 

ग्लोबल आइएमई बैंक 
ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र १० दशमलव ६० प्रतिशत बोनस सेयर र नगद लाभांश सहित कूल १३ दशमलव ६० प्रतिशत लाभांश वितरण गर्नेछ । 

सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडले पनि कूल १३ दशमलव ६० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले १२ दशमलव ५० प्रतिशत बोनस सेयर र शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश दिने भएको हो ।       

सिभिल बैंक     
सिभिल बैंकले साधारण सभा तथा लभांश प्रयोजनको लागि पुस १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ५ प्रतिशत बोनश सेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश रहेको छ । 

हिमालयन बैंक
हिमालयन बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ११ दशमलव ११ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनश सेयर दिने भएको छ । 

कृषि विकास बैंक 

कृषि विकास बैंकले आफ्ना सेयरधनीहरुलाई कूल १३ प्रतिशत लाभांश घाषणा गरेको छ । कम्पनीले  २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । 

यस पछि राष्ट्रिय बाणिज्य बैंकले ५ प्रतिशत बोनस शेयर र साढे ७ प्रतिशत नगद सहित साढे १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, कुमारी बैंकले कूल १२ दशमलव ५० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले १२ दशमलव ५० प्रतिशत, नेपाल बैंकले १२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत, एनसिसी बैंकले ११ प्रतिशत, सानिमा बैंकले १० दशमलव ९८ प्रतिशत, नेपाल एसबिआई बैंकले १० दशमलव ५३ प्रतिशत, सिटिजन बैंकले ९ प्रतिशत, प्राइम बैंकले ८ दशमलव ९५ प्रतिशत, एनएमबी बैंकले ८ दशमलव २५ प्रतिशत, प्रभू बैंकले ८ प्रतिशत, मेगा बैंकले ७ दशमलव ७९ प्रतिशत, सेञ्चुरी बैंकले ५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले १२ प्रतिशत लाभांश दिने भएका छन् ।
 

Skip This
Logo