इटालियन सिरि ‘ए’मा इन्टरमिलानको संघर्षपूर्ण जित

इटालियन सिरि ‘ए’मा इन्टरमिलानको संघर्षपूर्ण जित


इटालियन सिरि ‘ए’ फुटबलमा इन्टरमिलान विजयी भएको छ ।

घरेलु मैदानमा आइतबार विहान सकिएको खेलमा इन्टरले भेरोनामाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । इन्टरको जितमा पहिलो हाफको तेस्रो मिनेटमा लाउटारो मार्टिनेजले गरेको १ मात्र गोल नै निर्णायक बन्न पुग्यो । जितसँगै चौथो स्थानमा रहेको इन्टरले तेस्रो स्थानको युभेन्ट्ससँग अंक बराबरी गरेको छ । इन्टरको १८ खेलबाट ३७ अंक पुगेको छ । समान खेलबाटै युभेन्ट्सको पनि ३७ अंक रहँदा गोल अन्तरमा इन्टर पछि छ । पराजित हेलास भेरोना ९ अंक जोडेर १९औं स्थानमा छ ।

सिरी ‘ए’ कै अर्को खेलमा दोस्रो स्थानमा रहेको एसी मिलान लिससँग २–२ गोलको बराबरीमा रोकिएको छ । मिलानले दुई गोलले पछि परेको स्थितिमा दुई गोल गर्दै अंक खोस्न सफल भएको हो । लिसका फेडरिकोले गोल गर्दा एक गोल उपहार पाएको थियो । मिलानका राफायल लियो र डेभिड कालाब्रियाले बराबरी गोल फर्काए । यस बराबरीसँगै मिलान १८ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । लिस २० अंक जोडेर १२औं स्थानमा छ ।

यस्तै, अर्को खेलमा मोन्जाले क्रेमोनेसेलाई ३–२ ले पराजित गरेको छ । यस जितसँगै मोन्जा २१ अंक जोडेर ११औं स्थानमा तथा क्रेमोनेसे ७ अंक जोडेर पुछारमा छ ।

Skip This
Logo