दुर्घटनाको विवरण लिन प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रूममा

दुर्घटनाको विवरण लिन प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रूममा


प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन‍्।  

आइतबार बिहान काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको यती एयरलायन्सको विमान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त गरेपछि दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री र गृहमन्त्री विमानस्थलको कन्ट्रोल रूममा पुगेका हुन् । साे क्रममा विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए । उनीहरु केहीबेरमै  दुर्घटनास्थलमा जाने पनि तयारी छ ।  

विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। अहिले सुरक्षाकर्मीले उद्धार गरिरहेका छन्।

Logo