हालसम्म ६४ जनाको मृत्यु भएको पुष्टि, पाँचको मात्रै सनाखत

हालसम्म ६४ जनाको मृत्यु भएको पुष्टि, पाँचको मात्रै सनाखत


पोखराको सेती नदीको खोँचमा आज विहान भएको विमान दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको पाइएको छ । 

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीका अनुसार दुर्घटनास्थलबाट ३० जनाको शव निकालेर पोखरास्थित गण्डकी अस्पतालमा पठाएको र ३४ वटा शव नदीको खोंचमा भेटिएका छन् । 

हालसम्म ५ जना मृतकको सनाखत भएको र बाँकीको शव पहिचान भइसकेको छैन । निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ । 

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चारसहित ७२ यात्रु सवार रहेका थिए । घटनास्थलमा उद्धार कार्य जारी छ ।

Logo