यति एयरलाइन्सका भोलि हुने उडान सबै रद्द

यति एयरलाइन्सका भोलि हुने उडान सबै रद्द


यति एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ।

आइतबार बिहान पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यतिले साँझ एक सूचनामार्फत भोलि हुने सबै नियमित उडान रद्द गरेको जनाएकाे हो। तर, आपतकालीन र उद्धारका उडान भने बताएको छ ।  सरकारले समेत भाेली शाेक विदा दिएकाे छ । 

आइतबार विहान दुर्घटना भएको विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए । जसमा ६८ जनाको शव भने फेला परिसकेको छ। अन्यको खोजी गर्न अहिले गोताखोर टोली परिचालन भएको छ ।  

May be an image of text that says 'सूचना यात्रु महानुभावहरू, यती एअरलाइन्सको 9N ANC ATR 72 500 विमान दुर्घटनामा परी ज्यान गुमाउनु भएका यात्रुहरुको शोकमा भोलि मिति २०७९ माघ २ गते तदनुसार १६ जनवरी २०२३ लागि निर्धारित गरिएका यती एअरलाइन्सका सम्पूर्ण नियमित उडानहरु रद्द गरिएको जानकारी गराउँदद्ौ तथापि, आपतकालीन र उद्दारका उडानहरु भने सुचार हुनेद। यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी दौं| यती एअरलाइन्स'

Logo