विमान दुर्घटनाको उद्धारकार्य पुनः थालिँदै

विमान दुर्घटनाको उद्धारकार्य पुनः थालिँदै


पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारकार्य आज पुनः थालिने भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार आज बिहानैदेखि उद्धारकार्य गरिनेछ ।

हिजो बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । हिजो दिनभरि नै उद्धारकार्य गरिएको थियो रात परेपछि उद्धारकार्यमा कठिनाइ भएकाले आज बिहानदेखि थाल्ने गरी स्थगित गरिएको थियो ।

उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । त्यसमध्ये हालसम्म ६८ शव फेला परेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

Skip This
Logo