पूर्वराजा ज्ञानेन्द्रले यसरी लगाए भाईटीका (भिडियो सहित)

काठमाडौं,
पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग शुभसाइतमा भाइटीका लगाएका छन् । भाइटीका लगाउन शाह बहिनी शोभाको घर कमलादी पुगेका थिए ।

पूर्वराजाले आफ्ना ज्योतिषीले दिएको साइतको समय अनुसार बिहान १० बजेर ५१ मिनेटमा उनले भाइटीका लगाएका हुन्।  भाइटिका लगाएपछि पूर्वराजाले सबैले सुखसाथ तिहार मनाउन पाउन् भन्ने शुभेच्छा पनि दिए । फरक प्रसंगमा उनले विकास भनेको सबैले सोचे जस्तो हुनु पर्ने र अहिलेको परिवेश जनताले सोचे भन्दा फरक रहेको बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अफ्ठ्यारोमा पर्न सक्ने चेतावनी दिएका छन् ।

पूर्वराजा शाहले प्रगति र विकास कुनै पनि परिवर्तनपछिको महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै सो कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्ने गरी नभए परिवर्तनकर्ताहरु आफैं अफ्ठ्यारोमा पर्ने बताएका हुन् ।

हेरौं यो भिडियोमा :

https://www.youtube.com/watch?v=a7Id1wY3BFI