नेपालले घरेलु मैदानमा त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने, पहिलो खेल नामिबियासँग

नेपालले घरेलु मैदानमा त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने, पहिलो खेल नामिबियासँग


नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अर्को महिना घरेलु मैदानमा खेल्ने भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक ओडिआई सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । 

तालिकाका अनुसार नेपालले पहिलो खेल नामिबियासँग खेल्ने छ । सो खेल फेब्रुअरी १४ मा हुनेछ । त्यस्तै, दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ । त्यसपछि नेपालले फेब्रुअरी १८ मा नामिबियासँग र स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुनः खेल्नेछ । 

May be an image of textनेपाल २४ खेलमा ८ मा जितसहित १८ अंक जोड्दै छैटौं स्थानमा छ । त्यस्तै, लिगमा ३२ खेल खेलेको स्कटल्यान्ड ४६ अंकसहित शीर्ष स्थानमा छ भने नामिबिया ३० खेलबाट ३७ अंक जोड्दै तेस्रो स्थानमा छ। ३६ खेल खेल्ने नेपालले अहिलेसम्म ६ सिरिजका २४ खेल खेलिसकेको छ। अबका खेलमा नेपाललाई जित्नैपर्ने दवाव छ ।

Logo