पश्चिम नेपालमा सबैकाे विश्वासिलो बन्दै कर्णाली विकास बैंक

पश्चिम नेपालमा सबैकाे विश्वासिलो बन्दै कर्णाली विकास बैंक


ग्रामिण क्षेत्रका नागरिकहरुलाई बैंक तथा वित्तिय सेवा प्रदान गर्ने उदेश्यसहित स्थापना भएको कर्णाली विकाश बैंक पश्चिम नेपालमा सबैकाे विश्वासिलो बन्दै गएको छ ।

लुम्बिनी प्रदेशको प्रमुख सहर नेपालगञ्जमा प्रधान कार्यलय भएको यस बैंक हालसम्म १८ वटा शाखासहित पश्चिम नेपालको महत्वपूर्ण बैंक बनिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावतले जानकारी दिए ।  

यस बैंकले स्थानीय जनशक्ति र पूँजी श्रोतको परिचालन गरी कृषि, व्यापार र उद्योग मार्फत ग्रामीण तथा सहरी अर्थतन्त्रको उत्थान गर्न सम्भाव्य उत्पादनको उत्पादकत्व स्थापना, विकास, विस्तार र सहजीकरण गर्दै स्थानिय तहमा रोजगारी समेत सृजना गरेपछि अहिले पश्चिम नेपालको विश्वासिलो बनेको छ । 

बैंकले देशभर छरिएर रहको पुँजी सञ्चित गरी वित्तिय सेवा प्रदान गर्दै आएको छ । साथै संस्थागत लगानी र स्वस्थ प्रतिस्पर्धामा अब्बल मानिएको यस बैंकले अहिले नागरिकहरुमा बचतको बानी विकाश गर्नेदेखि गाँउघरमा साना तथा घरेलु उद्योग स्थापनामा समेत योगदान गर्दै आएको छ । 

स्रोत साधनको अधिकतम प्रयोग गर्दै उत्पादनलाई बढाउने उद्देश्य लिएको बैँकले स्थानीय उत्पादनलाई बजारीकरणमा समेत योगदान पुर्याउदै आएको छ ।

Logo