मुलुकको अर्थतन्त्रलाई उठाउन सक्ने सामर्थ्य एमालेसँग मात्रै छ -महासचिव पोखरेल

मुलुकको अर्थतन्त्रलाई उठाउन सक्ने सामर्थ्य एमालेसँग मात्रै छ -महासचिव पोखरेल


नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको अर्थतन्त्रलाई माथि लैजानसक्ने सामर्थ्य एमालेसँग मात्रै रहेको दाबी गरेका छन् ।

सोमवार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंमा आयोजना गरेको स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो दाबी गरेका हुन् । उनले एमालेले नै नेपालमा लोडसेडिङको अन्त्य गरेका पनि बताए । एमालेले बनाएको उज्यालो नेपालको योजना अर्कैले अपहरण गरेकासमेत उनको आरोप थियो ।

महासचिव पोखरेलले एमालेले देशको विकास र समृद्धिमा धेरै ठूलाठूला काम गरेको भएपनि ति कामहरुलाई जनताको बीचमा स्थापित गराउन नसकेको बताए ।

‘मुलुकको अर्थतन्त्रलाई माथि लानसक्ने सामर्थ्य एमालेसँग मात्रै छ । ठूला विकास आयोजनाको थालनीकर्ता एमाले हो । एमाले हुँदैनथ्यो भने लोडसेडिङ अन्त्य हुने थिएन ।’ उनले भने, ‘यो मान्यता हाम्रो योजनामा, हाम्रो पहलकदमीमा मुलुकमा उज्यालो नेपालको निर्माण ग-यौँ । तर हामीले बनाएको उज्यालो नेपालको योजना अर्कैले अपहरण ग-यो । सत्य यही हो । एउटा भनाई छ नि काम गर्ने कालु, मकै खाने भालु भनेजस्तो नेपालको राजनीतिमा यस प्रकारका प्रवृत्तिहरु छन् । हामीले आफूले गरेको कामलाई स्थापित गर्नसकेका छैनौँ ।’

महासचिव पोखरेलले मुलुकमा धेरै राजनीतिक दलहरु हुँदा अस्थिरता हुने भन्दै स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेकोसमेत बताए । 

Logo