बुटवल-भैरहवामा नेक्सन ईभी रेन्ज टेस्ट सम्पन्‍न, काठमाडाैँलाई उछिन्याे

बुटवल-भैरहवामा नेक्सन ईभी रेन्ज टेस्ट सम्पन्‍न, काठमाडाैँलाई उछिन्याे


विद्युतिय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्स् को एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि. र टाटा मोटर्स् को सह–आयोजनामा “नेक्सन् इभी रेन्ज टेस्ट २०२३” प्रदर्शनात्मक कार्यक्रम बुटवल–भैरहवामा सफलतापूर्वक सम्पन्न भएको छ । 

यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो । बुटवल–भैरहवा सडकमा ३९७ किमीसम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौँको सलिम श्रेष्ठको ३४७ कि मि रेञ्जलाई उछिन्दै ७६ को उत्कृष्ट वाट्ट आवर निकाल्न सफल भई प्रथम भए । ३८७ किमि रेन्ज निकालेर गोपाल शर्मा दोश्रो भएका छन् ।   

त्यसैगरी ३७८ किमि रेन्ज निकाल्न सफल सुवोध भट्टराई तेस्रो स्थानमा रहे । कार्यक्रममा सहभागीमध्ये २२ जनाले ३०० किमि भन्दा बढी रेन्ज निकाल्न सकेका थिए । 

यसै कार्यक्रममार्फत उत्कृष्ट तरिकाले इभीलाई अधिकतम रेन्जका आधारमा विद्युतिय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रथम स्थान प्राप्त गर्न सफल सुवास खड्काले सम्मान पदक र प्रमाण पत्रका साथ सामसुंग स्मार्ट एलईडि टिभी जितेका छन् ।

त्यसैगरी दोश्रो स्थानमा रहेका गोपाल शर्माले सामसुंग ओभेन जितेका छन् भने तेश्रो स्थानमा रहने सुवोध भट्टराईले एयर फ्रायर जितेका छन् । 

विद्युतिय गाडीहरूको उपयोगिता, प्रभावकारिताएवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतिय गाडीहरू प्रतिग्राहक वर्गको दुविधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख शावन्तजंग सिजापतीले जानकारी गराए । 

सिप्रदी ट्रेडिङ पथरडाँडाबाट समुद्घाटन गरिएको कार्यक्रम भैरहवास्थित बुद्ध चोक, देवकोटा चोक,गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुटवल बजार परिक्रमा गरी सिद्दार्थ कटेजमा पुगेर समापन गरिएको थियो । उक्त कार्यक्रममा ४० भन्दा बढी नेक्सन ईभीको सहभागिता रहेको थियो । 

Logo