जापान-भारत संयुक्त लडाकू विमान अभ्यास सुरु

जापान-भारत संयुक्त लडाकू विमान अभ्यास सुरु


जापान र भारतले रक्षा र सुरक्षा सम्बन्धलाई स्तरोन्नति गर्ने क्रममा टोकियोनजिक सोमबार आफ्नो पहिलो संयुक्त लडाकू जेट विमानको संयुक्त अभ्यास सुरु गरेका छन् ।

एघार दिने संयुक्त अभ्यासमा आठ जापानी लडाकु विमान समावेश हुनेछन् भने यसमा भारतले चार लडाकु विमान, दुईवटा यातायात विमान र एउटा हवाई इन्धन भर्ने ट्याङ्कर पठाउने जापानको रक्षा मन्त्रालयले जनाएको छ ।

टोकियोको उत्तरपूर्वी इबाराकी प्रान्तको हयाकुरी एयर बेसमा करिब १५० भारतीय वायुसेनाका जवानले अभ्यासमा भाग लिइरहेका छन् । सन् २०१९ मा जापानी र भारतीय रक्षा र विदेश मन्त्रीहरुबीचको वार्ताको क्रममा दुई देशले यो अभ्यासमा सहमति जनाएका थिए ।  तर यसअघि महामारीका कारण ढिला भएको बताइएको छ । 

टोकियोले हालैका महिनाहरूमा संयुक्त सैन्य अभ्यास राखेको छ । साथै आफ्नो रक्षा र सुरक्षा रणनीतिलाई परिमार्जन गरेको छ र स्पष्ट रूपमा चीनको बारेमा आफ्ना चिन्ता पनि समय समयमा व्यक्त गर्ने गरेको छ । भारत र जापानले चीनको बढ्दो सैन्य शक्तिलाई ध्यानमा राखेर यो संयुक्त अभ्यास गरिएको जनाएका छन् । -एएफपी

Logo