हजारभन्दा बढी महिला व्यवसायीहरुलाई कोका-कोलाले दियाे सक्षम तालिम

हजारभन्दा बढी महिला व्यवसायीहरुलाई कोका-कोलाले दियाे सक्षम तालिम


कोका–कोलाले आफ्नो सक्षम तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तिकरण गर्ने उद्धेश्यले सञ्चालन गरिएको साे कार्यक्रममा १००० भन्दा बढी जना महिलाहरुलाई तालिमप्रदान गरिएकाे थियाे । 

गत ८ मार्च २०२२ गते अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर कोका–कोलाले आफ्नो बोट्लिङ पार्ट्नर बोट्लर्स नेपालसँग मिलेर सक्षम कार्यक्रमको शुरुवात गरेको थियो। खुद्रा व्यवसाय र साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिलाहरुलाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेटको प्रयोगसम्बन्धि तालिम दिनको लागि उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । प्रदेश १, २, ३ र ४ का मुख्य सहरहरुमा एक–एक दिन गरी यो कार्यक्रम सञ्चालन गरिएको थियो । 

उक्त कार्यक्रमका एक सहभागी सौरहाकी गीता श्रेष्ठले भने , “महिला युवा व्यवसायीहरुको लागि सक्षमतालिम कार्यक्रम अत्यन्तै उत्साहजनक रहेको थियो । मैले आजभन्दा ४४ वर्ष अगाडि जम्मा १६० रुपैँयामा आफ्नो व्यापार शुरु गरेको थिँए । मेरो कडा परिश्रमले मैले आफ्नो सपना पुरा गर्न सक्षमभएको छु । अहिले मेरो २ वटा घर र एउटा पसल छ र एकलमहिलाको रुपमाआफ्नो परिवारलाई सहयोग गर्न सकेको छु ।”

त्यस्तै, नारायणघाटकी माया पाण्डेले सक्षम कार्यक्रमले आफूलाई आर्थिक रुपमा सशक्त हुन चाहिने सिपहरु सिकाउनुको साथसाथै सन्जाल विस्तार गर्ने अवसर दिएकाे बताएकी छन् । उनले अझै राम्रोसँग व्यवसा सन्चालन गर्न हौसला दिएको पनि बताइन् ।  

साे अवसरमा कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने- “कोका–कोला बेटर शेयर्ड फुचरमा विश्वास गर्छ र महिला सशक्तीकरण जहिले पनि हाम्रो मुल मान्यताको रुपमा रहेको छ। हामीले सक्षमतालिम कार्यक्रम २०२२ मा शुरु गरेका थियौँ जसमा हामीले अनुभवी र दक्ष प्रशिक्षकहरुसँग मिलेर महिला व्यवसायीहरुलाई व्यावसायीकतालिम, मेन्टोरिङ्ग नेट्वर्क, आर्थिक सेवा तथा अन्य विभिन्न तालिमहरु दिएका थियौँ जसले गर्दा वहाँँहरुलाई आफ्नो जीवनस्तर उकास्न, परिवारलाई सहयोग गर्न र समुदायमा पनि सकरात्मक परिवर्तन ल्याउन सक्षम बनाएको छ । हामीले एक हजार महिला व्यवसायीहरुलाई तालिम दिने लक्ष्य लिएका थियौँ र सो लक्ष्य पुरा पनि भएको छ । हामी धेरै खुशी छौँ र भविष्यमा पनि अझै धेरै महिलाहरुलाई सशक्तिकरण गर्दै जानेछौँ ।”

त्यस्तै, बोट्लर्स नेपालका पब्लिक अफेयर, कम्युनिकेसन र सस्टेनिबिलिटी डिरेक्टर स्नेह राजभण्डारीले भने, “नेपालमा महिला उद्यमशीलता एक कदम अगाडि बढेको छ । काठमाडौं उपत्यकाबाहिर विशेष गरी धेरै खुद्रा पसलहरु र रेस्टुरेन्टहरु छन जुन महिलाले चलाउँछन् । त्यस्ता महिलाहरुलाई आइपर्न सक्ने चुनौतीको सामना गर्न सक्षम बनाउने उद्धेश्यले कोका–कोलाले सक्षम जस्ता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ जसले महिलाहरुलाई आफ्नो व्यापार अगाडि बढाउन हौसला दिन्छ । आफ्नो व्यवसायलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने बारेमापनि सक्षमले महिला व्यवसायीहरुलाई नयाँँ तरिकाले सोच्न सिकाउँछ ।”

Logo