पोखरा विमान दुर्घटनामा मृत्यु भएका ४६ जनाको शव काठमाडौं ल्याइयो

पोखरा विमान दुर्घटनामा मृत्यु भएका ४६ जनाको शव काठमाडौं ल्याइयो


पोखरामा भएको यती एयरको विमान दुर्घटनामा मृत्यु भएका ४६ जनाको शव काठमाडौं ल्याइएको छ ।

पोखरामा पोस्टमार्टम हुन नसकेका ४६ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो । २४ जनाको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केहीको शव पोस्टमार्टम गरेर आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।

कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएकाले ती शवको डीएनएसमेत परीक्षण गर्नु पर्ने भएकाले ती शव काठमाडौं ल्याइएको हो । ७२ जना सवार यति एयरको विमान आइतबार पोखरामा दुर्घटना भएको थियो । हालसम्म दुर्घटनामा मृत्यु भएकामध्ये ७० जनाको शव भेटिएको छ भने २ जनाको खाजी जारी छ ।

Logo