सञ्चारमन्त्री रेखा शर्माद्वारा पदभार ग्रहण

सञ्चारमन्त्री रेखा शर्माद्वारा पदभार ग्रहण


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् ।

मंगलबार दिउँसो शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएसँगै मन्त्री शर्माले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् । 

शर्मा माओवादी केन्द्रबाट मन्त्री बनेकी हुन् । उनले गत निर्वाचनको प्रतिनिधि सभा सदस्यमा दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोख्रेललाई पराजित गरेकी थिइन् ।

Skip This
Logo