नेपाल टेलिकमले भन्यो- सेवा सुचारु भैसक्यो, मोवाइल अन/अफ गर्नुस्

नेपाल टेलिकमले भन्यो- सेवा सुचारु भैसक्यो, मोवाइल अन/अफ गर्नुस्


नेपाल टेलिकमले अवरुद्ध भएको मोबाइल सेवा सुचारु भैसकेको जनाएको छ । 

मंगलबार देशभर सेवा अवरुद्ध भएपछि टेलिकमले एक सूचनामार्फत ग्राहकहरुसँग क्षमा माग्दै अहिले सेवा सुचारु भैसकेको जानकारी दिएको हो । कुनै ग्राहकको मोबाइल सेवामा समस्या भएमा मोवाइल अन/अफ गर्न वा फ्लाइट मोड अन/अफ गर्न पनि कम्पनीले अनुरोध गरेको छ । 

May be an image of text that says 'सूपना आज मिति २०७९ माघ ३ गते करिव १२ बजे देखि केही समय प्राविधिक कारणले कम्पनीका मोबाइल तथा PSTN टेलिफोन सेवामा समस्या आई सेवा अवरुद्ध हुन गएकोमा ग्राहक महानुभावहरूमा पर्न गएको सबै सेवाहरु सुचारू हाल असुविधा प्रति कम्पनी क्षमाप्रार्थी भइसकेको कुने ग्राहकवर्गको मोबाइल सेवामा समस्या भएमा आफ्नो मोबाइल सेटको पावर अन/ अफ गर्नुहुन वा Flight Mode अन/अफ गर्नहन अनुरोध छ। राष्ट्रको सज्बार NEPAL TELECOM'

नेपालमा टेलिकमका डेढ करोड बढी प्रयोगकर्ता छन् । नेटवर्कमा समस्या आउँदा उनीहरुले डेढ घण्टाभन्दा बढी समय फोन सम्पर्क गर्न पाएनन् ।

Logo