पल शाहले जिल्ला अदालतबाट पाए सफाइ

पल शाहले जिल्ला अदालतबाट पाए सफाइ


बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।

मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले शाहलाई सफाइ दिएको हो । बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिइएको हो । शाह पछिल्लो ११ महिनादेखि तनहुँ जिल्ला कारागारमा थुनामा छन् ।

२०७८ गत ११ फागुनमा नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसपछि फरार रहेका शाहले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमै पुगेर आत्मसमर्पण गरेका थिए । त्यस्तै, यही आरोपसहित शाहविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो । नवलपुर जिल्ला अदालतले भने उनलाई बलात्कार मुद्दामा सफाइ दिएर बाल यौन दुरूपयोग कसुरमा साढे २ वर्ष कैद सजाय सुनाएकाे थियाे ।

Logo