एक वर्षमै माइपे डिजिटल वालेट ५ लाख पटक डाउनलोड, ल्यायो यस्ताे अफर

एक वर्षमै माइपे डिजिटल वालेट ५ लाख पटक डाउनलोड, ल्यायो यस्ताे अफर


स्थापनाको पहिलो वर्षमै माइपे डिजिटल वालेटले प्लेस्टोरमा ५ लाखभन्दा बढी डाउनलोड पु-याउन सफल भएको छ । सोही अवसरमा माइपे वालेटले मंगलबार र बुधबार बेलुका ४ बजेदेखि राती १२ बजेसम्म ५ प्रतिशत बढीमा १०० रुपैयाँसम्म क्यासब्याक अफर दिने बताएको छ ।

स्थापना भई कार्य संचालन गरेको पहिलो वर्षमै माइपे डिजिटल वालेटले यो सफलता हात पारेको हो । माइपेमा प्लेस्टोर, एप स्टोर र वेव साइट समेत गरी हालसम्म ८ लाखभन्दा बढी ग्राहक संख्या पुगिसकेका छन् । यो सफलताले निकै उत्साहित भएको माइपे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले बताए । ‘युवा ग्राहक महानुभावहरुको पहिलो रोजाइको वालेट भएकाले नै यो सफलता हात पारेका हौं,’उनले भने । 

डिजिटल कारोबारको परिभाषा नै परिवर्तन गर्ने लक्ष्यका साथ सेवा संचालनमा ल्याएको यस वालेट मार्फत ग्राहकहरुले हवाई टिकट बुकिङ,मोबाइल टपअपसँगै विभिन्न घरायसी बिल भुक्तानी गर्न सकिने सुविधाहरु पाएका छन् । जसमा हरेक कारोबारमा आकर्षक क्यासब्याक तथा अन्य सुविधाहरु रहेका छन् ।

साथै यस वालेटबाट कुनै पनि कारोबार गर्दा माइपे क्वाइन प्राप्त गर्न सकिन्छ, जसको मूल्य १ क्वाइन बराबर १ रुपैयाँ नै हुन्छ । उक्त क्वाइन हरेक कारोबारमा प्रयोग गर्न सकिन्छ । यसका साथै कुनै पनि बैंक खातामा मात्र १ रुपैयाँमा रकम पठाउन सकिने सुविधा पनि रहेको छ ।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्य विभिन्न सेवाहरु थप गर्दै लगिने पनि कम्पनीले जनाएको छ । 

Logo