#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1120902552947543233806356170
नेपाल152593290846143

पाकिस्तानमा एउटा रेलमा आगो लाग्दा ४६ जनाको मृत्यु

एजेन्सी । पाकिस्तान रेल्वेको तेज गाम एक्सप्रेसमा आगो लाग्दा कम्तीमा पनि ४६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । घाइतेहरूलाई मुल्तानको बर्न सैन्टरमा उपचारका लागि पठाइएको छ ।

तेज गाम एक्सप्रेस कराचीबाट रावलपिण्डीसम्म चल्छ । रावलपिण्डी जाँदै गर्दा लियाकतपुर पुगेपछि रेलको तीनवटा बोगीमा आगो लागेको हो ।

ग्यास सिलिन्डर पड्केर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । रेल लिकबाट बाहिर नपुगेको र आगो नियन्त्रणमा लिइएकाले एक घन्टाभित्रमा त्यसलाई लियाकतपुर जंक्सन पुर्‍याइने रेलमन्त्री शेख रसिदले बताएका छन् ।

दुर्घटनापछि थुप्रै रेललाई रद्द गरिएको थियो तर अब पाकिस्तान रेल्वेका १ सय ३४ रेल तथा तिनका अप स्ट्रीम र डाउन स्ट्रीमलाई बहाल गरिसकिएको छ ।

प्रधानमन्त्री इमरान खानले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरूलाई राम्रो ढंगले उपचार गर्न आदेश दिएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार