सभामुखको उम्मेदवारीका लागि अब प्रधानमन्त्रीको धारणा पर्खन्‍छाैँ -काँग्रेस प्रवक्ता महत

सभामुखको उम्मेदवारीका लागि अब प्रधानमन्त्रीको धारणा पर्खन्‍छाैँ -काँग्रेस प्रवक्ता महत


नेपाली काँग्रेसले सहयोगी दलहरुसँग छलफल गरेर प्रतिनिधि सभा सभामुखको निर्वाचनमा लाग्ने बताएको छ ।

बुधवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सभामुखको लागि उम्मेदवारी दर्ता गर्ने केही समय अझै बाँकी रहेकाले यो बीचमा अन्य दलहरुसँग छलफल गरेर सभामुखको उम्मेदवारी दिने तयारीमा रहेको काँग्रेस प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिकै आधारमा संवैधानिक पदहरु चयन गर्ने आश्वासन दिएकाले प्रधानमन्त्रीको आधिकारिक धारणा कुर्ने पक्षमा काँग्रेस रहेको पनि प्रवक्ता महतले बताए । उनले बैठकमा सर्वदलीय बैठकमा भएका कुराहरुका बारेमा उपस्थित नेताहरुले बैठकमा जानकारी गराएको र अन्य दलहरुसँगको छलफलबाट निस्कर्ष आएपछि काँग्रेसले दलहरुसँग गरेको सहमतिका आधारमा सभामुखको लागि उम्मेदवारी दिने बताए । 

प्रवक्ता महतले काँग्रेस समझदारीबट भए समझदारीकै रुपमा अघि बढ्ने र समझदारीबाट नभए पनि उम्मेदवारी दिने पक्षमा रहेको बताए । उनले जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) काँग्रेसलाई सहयोग गर्ने पक्षमा रहेको स्पष्ट पारे।

Logo