तेस्रो काठमाडौं रोड सेफ्टी फिल्म फेष्टिवलको अभिमुखिकरण कार्यक्रम सम्पन्‍न, छनोट भए यी स्कृप्ट

तेस्रो काठमाडौं रोड सेफ्टी फिल्म फेष्टिवलको अभिमुखिकरण कार्यक्रम सम्पन्‍न, छनोट भए यी स्कृप्ट


तेस्रो काठमाडौं रोड सेफ्टी फिल्म फेष्टिवलको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । छनोट भएका ११ फिल्मका लेखक र निर्माताको सहभागीतामा नेपाल हाउस रेष्टुरेन्टमा सो अभिमुखिकरण सम्पन्न भएको हो । 

कार्यक्रममा वरिष्ठ निर्देशक आर पि पन्त, एफआईएका वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नबिन निरौला, नासा फाउण्डेशनका डा. पुष्प राजपन्त र भगवती सेढाई, ईश्वर बल्लभ उप्रेती र कमला क्षेत्रीले तालिम र प्रस्तुती दिएका थिए । छनोट भएका स्कृप्टहरु “प्रबोध”, “लोकलचिया”, “सायद”, “सम्बन्ध” र “अटेरी केटो”, “समवान इच वेटिङ”, “प्यासेन्स”, “मम ड्याड गिफ्ट” र “इन्फ्लूयेन्स्”लाई आगामी ३१ जनवरीमा देखाइने बताइएको छ ।

फिल्म फेष्टिवलमा उत्कृष्ठ शीर्ष तीन विजेताहरूलाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरिने छ । प्रथम हुने फिल्मले ५० हजार रुपैयाँ पाउने छ भने दोस्रो र तेस्रो स्थानका फिल्मलाई क्रमशः ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ पाउनेछन् । 

Skip This
Logo