बैंककमा जारी यू-२२ बक्सिङ च्याम्पियनसिपमा इन्द्र सुनारकाे जित

बैंककमा जारी यू-२२ बक्सिङ च्याम्पियनसिपमा इन्द्र सुनारकाे जित


थाईल्याण्डकाे राजधानी बैंककमा जारी एएसबिसी अन्टर २२ बक्सिङ च्याम्पियनसिप खेलअन्तर्गत ५७ केजी ताैल समूहका नेपाली मुक्केबाज ईन्द्रबहादुर सुनारले जित हासिल गरेका छन् ।

आज उद्घाटन सत्र पश्चात् सुरु भएकाे प्रीक्वाटर क्वाटर  खेलहरुमध्ये ५७ केजी ताैल समुहमा नेपाली मुक्केबाज ईन्द्र बहादुर सुनारले लाओसका खेलाडी साेक्साखुनलाई (यूनानिमस ) ५:० अंककाे आधारमा जित हासिल गरेका हुन् । याे जितसंगै सुनार क्वाटर फाईनल प्रबेश गरेका छन् । सुनारले क्वाटर फाईनल खेल मङ्गाेलियन मुक्केबाज गन्तुमार लुण्डासंग खेल्नेछन् ।

नेपालबाट सहभागी दुई खेलाडी बिजय बाटा (८६ केजी)  र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) सेमिफाइनलमा प्रबेश भैसकेका छन् । उनिहरुले क्रमश: इण्डाेनेसिया खेलाडी माेसकिता माईकल र काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसंग खेल्नेछन् । 

बिहीवार महिला ४८ केजी ताैल समुहकी सुस्मा तामाङले भेतनामकी क्यूनहानसंग र महिला ५७ केजी ताैल समुहकी हेमा राईले सिङ्गापुरकी चाैउजीमिन बेर्नेससंग क्वाटर फाईनल खेल खेल्नेछिन् । साथै पुरुषतर्फ ४८ केजी ताैल समूहका खेलाडी लाल प्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चर संग जनवरी २० तारिखमा क्वाटर फाईनल खेल खेल्नेछन् ।

Logo