बालकोटमा ओलीसँग चिनियाँ राजदूतकाे शिष्टाचार भेटवार्ता

बालकोटमा ओलीसँग चिनियाँ राजदूतकाे शिष्टाचार भेटवार्ता


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चीनका नवनियुक्त राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गरेका छन् । 

बुधबार अध्यक्ष ओली निवास बालकोट पुगेर राजदूत सङले भेटेका हुन् । सो क्रममा नेपाल र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना कालदेखि घनिष्ठ रहेको उल्लेख गर्दै आगामी दिनमा सो सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय राजनीतिक भ्रमण, रणनीतिक सञ्जाल निर्माण गर्ने र विभिन्न समयमा भएका बेल्ट एण्ड रोड इनिसियटिभलगायतका सम्झौताका विषयमा छलफल भएको थियो । 

राजदूत सङले आजै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि शिष्टाचार भेट गरेका थिए । गत महिना मात्र नेपाल आएका उनले सरकारका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्दै आएका छन् ।

Logo