अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकियो


इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले क्रिस्टल प्यालेससँग बराबरी खेल्दै अंक बाँडेको छ ।

बुधबार राति भएको खेलमा युनाईटेड क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरीमा रोकिएको हो । सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिएको हो । खेलको ४३ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा माइकल ओलिसेले फ्रिकिकबाट गोल गर्दै क्रिस्टल प्यालेसलाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै युनाइेटडेले म्यानचेस्टर सिटीलाई तालिकामा उछिन्ने अवसर गुमाएको छ । सिटी ३९ अंकका साथ दोस्रो स्थानमा रहँदा युनाइटेड समान अंकका साथ तेस्रो स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २३ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

Logo