निवर्तमान सभामुख महराको थुनछेक बहस सुरु (भिडियोसहित)

निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा उनको बयान सुरु भएको हो ।

महरामाथि आफ्नै कार्यालयकी कर्मचारीलाई बलात्कार कोसिस गरेको र नमान्दा कुटपिट गरेको अभियोग लागेपछि गते असोज १९ गते प्रहरीले पक्राउ परेको थियो ।

प्रहरीले २० दिनसम्म गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले महराविरूद्ध बलात्कार प्रयास गरेको मुद्दा जिल्ला अदालतमा दर्ता गराएकोे थियो ।

सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको अभियोगपत्रमा सबैभन्दा बलियो प्रमाणका रूपमा घटनाकै रात शाहीको कोठामा पुगेर प्रहरीले लिएको भिडियो रेकर्ड पेस गरेको छ । स्रोतका अनुसार उक्त भिडियोमा आफूमाथि महराले बलात्कार प्रयास गरेको र नमान्दा कुटपिट गरेको शाहीले भनेकी थिइन् ।

त्यसैगरी दोस्रो ठूलो प्रमाणका रूपमा महरा शाहीको कोठाबाट हतारहतार निस्किँदा कोठामै छुटेका जुत्ताको खुट्टाको तलुवा, फुटेको चस्माको एउटा सिसा र खुट्टा प्रहरीले बरामद गरेको थियो । उक्त सिसाको पावर र महराले लगाएको चस्माको पावर एउटै भएको जाँचबाट देखिएको छ ।

यीबाहेक पनि शाहीको घाउचोटको प्रमाण, सांसद उमा रेग्मीले प्रहरीसामु गरिदिएको कागजजस्ता अन्य थुप्रै प्रमाण अभियोग पत्रसाथ संलग्न भएको स्रोतको भनाइ छ । विभिन्न तथ्य र प्रमाणका आधारमा सरकारी वकिल कार्यालयले महरा विरूद्ध जबरजस्ती करणीको आरोप लगाएको हो । थप भिडियोमा :