विमान दुर्घटनाबारे मन्त्री किराँतीले संसदलाई गराए जानकारी

विमान दुर्घटनाबारे मन्त्री किराँतीले संसदलाई गराए जानकारी


संस्कृति पर्यटन तथा नागरिक पर्यटनमन्त्री सुदन किराँतीले १ माघमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको जानकारी दिएका छन् ।  

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रमेश लेखकले विमान दुर्घटनाबारे संसदलाई जानकारी नदिएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

यसपछि सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले विमान दुर्घटनाबारे जानकारी गराउन मन्त्री किराँतीलाई समय उपलब्ध गराएका थिए । मन्त्री किराँतीले विमान दुर्घटनामा परेर ज्यान गुमाएकाको शवको पोष्टमार्टम पोखरा मेडिकल कलेज र त्रिवि शिक्षण अस्पतालमा भएको जानकारी दिए । पोष्टमार्टमपछि शव आफन्तलाई बुझाउने कार्य भइरहेको पनि उनले बताए । 

दुर्घटनापछि उद्धारमा सरकारले सक्दो काम गरेको र मृतकका आफन्तलाई बिमाबापतको रकम भुक्तानीको विषयमा पनि सरकारले चासो राखेको मन्त्री किराँतीले बताए ।

Logo