कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेको शव आज स्वदेश आइपुग्ने

कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेको शव आज स्वदेश आइपुग्ने


कम्बोडियामा आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल आइपुग्ने भएको छ।

गत पुस १५ गते कम्बोडियाको पोइपेट शहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो) मा भिषण आगलागीका कारण १२औँ तलाबाट हाम फाल्दा पाण्डेको ज्यान गएको थियो । कम्बोडिया सरकारबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलो भएको बताइएको छ। नेपालबाट आवश्यक कागजात पठाएसँगै कम्बोडियाले शवको प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्याण्ड हुँदै नेपाल ल्याउन लागिएको हो।

निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्याण्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइनेछ। शव शुक्रबार राति १०ः३० बजे काठमाडौं आइपुग्ने र राति नै झापा ल्याउने तयारी गरिएको नेकपा एमालेका बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए। नगर अध्यक्ष भट्टराईका अनुसार पाण्डेको शव शनिबार झापा पुग्ने भएको छ।

शव नेपाल ल्याउन सरकारले नै खर्च व्यहोर्ने निर्णय भएको छ । सरकारको निर्णयानुसार सरकारी प्रक्रियाबाटै उनको शव नेपाल ल्याउन लागिएको हो।  शव नेपाल ल्याउन कम्बोडियासमेत हेर्ने थाइल्याण्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ। दूतावासलाई एनआरएनए कम्बोडियाले सहजीकरण गरिरहेको बताइएको छ।

Logo