उपसभामुखको उमेदवार टुंग्याउन रास्वपा संसदीय दलको बैठक जारी

उपसभामुखको उमेदवार टुंग्याउन रास्वपा संसदीय दलको बैठक जारी


प्रतिनिधिसभाको उपसभामुख पदको उमेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी छ ।

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकबाट उपसभामुखको उमेदवार टुंगो लगाइने बताइएको छ । उपसभामुखका लागि आज उमेदवारी मनोनयन दर्ता गरिने कार्यतालिका छ । सत्ता साझेदार दलमा जुटेको सहमतिअनुसार उपसभामुख पद पाएको रास्वपामा उम्मेदवार टुंग्याउन भने केही अलमल देखिएको छ ।

रास्वपाका बहुमत सांसदहरु सोविता गौतमको पक्षमा छन् । तर, जातीय कलस्टर मिलाउनुपर्ने आजाव उठेपछि केही अलमल भएको रास्वपाका एक सांसदले जानकारी दिए। उपसभामुखमा सवितासँगै इन्दिरा रानामगरले दाबी कायम राखेकी छन् । ‘यसअघि राज्यशक्तिको भूमिकामा महिला–पुरुष सबै खस–आर्य भए भन्ने आजाव उठेको छ । सरकारमा सहभागी भएका सबै मन्त्रीहरु खस–आर्य हुँदा उपसभामुखमा कम्तीमा पनि जनजातिलाई अवसर दिनुपर्छ भन्ने कुरा हो,’ एक सांसदले भने ।

सभामुखका लागि यसअघि दाबेदार भनिएकी सुमना श्रेष्ठले भने आफ्नो दाबी नरहेको बताएकी छन् । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै सुमनाले कुनै पनि कुरा व्यक्ति विशेष नभएर विधि विशेष हुनुपर्ने बताएकी छन् ।  

Logo