काठमाडौँको भिजिविलिटी कम हुदाँ हवाइ उडान प्रभावित, मलेसियाबाट आएको विमान कलकत्तातर्फ डाइभर्ट

काठमाडौँको भिजिविलिटी कम हुदाँ हवाइ उडान प्रभावित, मलेसियाबाट आएको विमान कलकत्तातर्फ डाइभर्ट


त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा विमानहरूको अवतरणमा समस्या भएको छ।

शुक्रबार बिहान भिजिविलिटी कम भएकाले विभिन्न ठाउँबाट आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरू डाइभर्ट भएका छन् भने केही आकाशमै होल्ड गरिएका छन्। मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल वायु सेवा निगमको विमान काठमाडौंमा अवतरण हुन नसकेपछि पश्चिम बंगालको कलकत्तातर्फ डाइभर्ट गरिएको छ । आरएनए ४१६ जहाज कलकत्ता पुगेको हो।

विमानस्थलका एकजना एटिसीका अनुसार अहिले विमानस्थलको भिजिविलिटी १६ सय मिटर छ। विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार कलकत्ता डाइभर्ट भएको जहाज अवतरण हुन भिजिविलिटी २२ सय मिटर हुनुपर्छ। उनका अनुसार भिजिविलिटी बढ्दै गएकाले आन्तरिकतर्फका उडान अब केहीबेरमा अवतरण हुने क्रममा छन्।

यस्तै, नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज खराब मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि झापाको भद्रपुर पुगेको छ। चार जना चालक दलका सदस्य र ५२ यात्रु बोकेको जहाज शुक्रबार बिहान नेपालगञ्ज विमानस्थलबाट साढे ७ बजे उडेको थियो। काठमाडौं विमानस्थलमा अवतरण गर्न भिजिबिलिटी नपुगेपछि जहाज भद्रपुर गएको श्री एयरलाइन्सले जनाएको छ।

Logo