कालिञ्चोक दर्शनको आईपीओ भर्ने आज अन्तिम दिन

कालिञ्चोक दर्शनको आईपीओ भर्ने आज अन्तिम दिन


कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ।

आज बैंकिङ्ग समयसम्म उक्त आईपीओमा आवेदन दिन पाउने छन्। कम्पनीले माघ ३ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा १० करोड ८० लाख रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले जारी गरेको आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। यसमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

Logo