ईन्जिनियर्स एशोसिएसन सुदूरपश्चिमको एकदिवसिय तालिम सम्पन्न

धनगढी,

नेपाल ईन्जिनियर्स एशोसिएसन सुदूरपश्चिम कार्यकारिणी समिति, धनगढीले शुक्रबार देव तालिम केन्द्रमा “Public Procurement for Practitioner Engineers” सम्बन्धी एक दिवसीय तालिम सम्पन्न गरेको छ ।

नेपाल ईन्जिनियर्स एशोसिएसन सुदूरपश्चिम प्रदेशका सभापति ई लब प्रसाद जोशीको अध्यक्षतामा भएको सो कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सबै जिल्लामा रहेका स्थानीयतहका इन्जिनियरहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा कुल १०३ इन्जिनियरहरुको सहभागिता रहेको थियो ।

धनगढी उपमहानगरपालिकाका मेयर निर्प बहादुर ओड प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा ई. ईश्वर भट्टको प्रस्तुतीकरण रहेको थियो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर्प ओडबाट इन्जिनियरहरुको क्षमता अभिबृद्धि गर्ने काममा उपमहानगरपालिकाको सहयोग रहने बचनबद्धता प्रकट गर्नु भयो । कार्यक्रममा बोल्दै एसोसिएसनका सभापति जोशीले यस किसिमका तालिम तथा गोष्ठीहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सो तालिममा गाउँपालिका, नगरपालिका, सरकारी कार्यालयमा हुने खरिद प्रक्रियाका चरणहरु, खरिद प्रक्रिया गर्दा आइपर्ने जटिलताका साथै Bid document बनाउने र bid Evaluation को तरिका एवं पद्दति बारे उपस्थित इन्जिनियरहरु लाई खरिद विज्ञ ई. ईश्वर भट्टबाट तालिम प्रदान गरियो ।