दुई दिनपछि हट्यो कपिलवस्तुको कर्फ्यु

कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यु  हटाएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहीबार बिहान ११ बजेदेखि लगाएको कर्फ्यू शनिबार बिहान ६ बजेदेखि हटाएको छ । बुधबार साँझ मूर्ति विसर्जन गर्ने विषयमा कृष्णनगरका दुई समुदायबीच झडप भएको थियो । झडप बढ्ने अवस्थालाई मध्यनगर राखेर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कर्फ्यु जारी गरेको थियो ।

कर्फ्यू लागेको बेला गोली लागेर भारत घर भएका सुरज कुमार पाण्डेको मृत्यु भएको थियो ।  शुक्रबार दुवै पक्षबीच सहमति भएपछि लक्ष्मीका मूर्ति बिर्सजन गरिएको थियो भने मृतकको दाहसंस्कार पनि गरिएको छ ।